गृह · शब्दकोश

दोब्रिनु

[अक्रि.]

१. खुम्चिँदैखप्टिँदै पत्रपत्र पर्नु; पट्‌टिनु।

२. दोबर हुनु; एकको दुई, दुईको चार भएर बढ्दै जानु।

३. भोकले गर्दा पेट ख्याप्प भएर भित्र पस्नु।

४. लाजले शिर निहुरनु।

५. हँसिया, कोदालो आदिको धार फर्कनु।

⟵ फेरि सूचीमा जानुहोस्