गृह · शब्दकोश

अरुण

[ना.]

१. अरुण उपत्यकामा विद्युत् उत्पादनका निम्ति बनाइएको एक परियोजना।

२. कुङ्कुम।

३. गाढा रातो रङ।

४. तिब्बततर्फबाट वरुण हुँदै पूर्वी नेपालभित्र पसेर कोसी नदीमा मिल्ने एक नदी।

५. पुन्नाग वृक्ष।

६. बिहान र बेलुकी पूर्वी तथा पश्चिमी आकाशमा देखिने रातो आभा।

७. भोजपुर जिल्लामा रहेको एक गाउँपालिका।

८. सिन्दूर।

९. सूर्य; रवि; आदित्य।

१०. सूर्यको सारथि।

⟵ फेरि सूचीमा जानुहोस्