गृह · शब्दकोश

अञ्जन

[ना.]

१. तोरीको तेलको बत्ती बालेर त्यसमाथि कुनै भाँडो घोप्ट्याई माथिबाट छोपी सो बत्ती बलेर सकिएपछि माथिल्लो भाँडाको भित्री भागमा जम्मा भएको ध्वाँसोमा तेल आदि हालेर तयार गरिएको; आँखाको डिलमा आँखाको निरोगिता र शोभाका निम्ति लगाइने एक प्रकारको मलम वा लेप; गाजल; सुर्मा।

२. सोह्र शृङ्गारमा एक; अङ्गराग।

⟵ फेरि सूचीमा जानुहोस्