रिल
[ना.]
१. कुनै यन्त्रको घुम्ने भाग; चक्का।
२. चारकुने फल्याकलाई तल र माथिबाट आधाजसो चिरी बिचमा कपेर साङ्ली पारी बनाइएको, जिल्ददार किताब खोलेर राख्न हुने खटिया; च्यापे; कठौतो।
३. टिनबाट मट्टीतेल झिक्ने एक प्रकारको पम्प।
४. धागो बेरिने लट्टाईजस्तो काठको साधन वा त्यसमा बेरिएको धागो।
५. फोटो, चलचित्र आदि खिच्दा क्यामेरामा जडान गरिने विशेष किसिमको प्लास्टिकको फित्ता।