मनु

[ना.]

१. चौध क्रमागत प्रजापति वा मन्वन्तरका मूलपुरुष (स्वायम्भुव, स्वारोचिष, उत्तम, तामस, रैवत, चाक्षुष, वैवस्वत, सावर्णि, दक्षसावर्णि, ब्रह्मसावर्णि, धर्मसावर्णि, रुद्रसावर्णि, रौच्यदैवसावर्णि र इन्द्रसावर्णि)।

२. मन; अन्त:करण

३. मनुष्यका मूलपुरुष मानिने, ब्रह्माजीका छोरा; मनुष्यका प्रतिनिधि एक प्रसिद्ध व्यक्ति

४. मानिस; मनुष्य

५. सोहीअनुसार चौधको सङ्ख्या