फाँडो
[वि.]
१. पिठो, कनिका आदि हालेर पातलो वा लेदो पारी पकाइएको खाना; एक प्रकारको माडजस्तो खोले।
२. भुटेको कालो दालको पिठोले बनाएको, भातसँग खाइने झोल पदार्थ; कलिला मकैका दाना थिचेर लेदो हुने गरी बनाइएको खानेकुरो।
[ना.]
जानी जानी कसैमाथि थोपरिएको नचाहिँदो टन्टा वा झ्याउलो; हुँदै नभएको कुरो।