दूत

[ना.]

१. एक देशबाट अर्का देशमा गएर बसी कूटनीतिक काम गर्ने प्रतिनिधि; राजदूत

२. कनसुत्लो लागेर गोप्य कुरा फेला पार्ने व्यक्ति; गुप्तचर

३. खबर वा सन्देश ओहोरदोहोर गर्ने व्यक्ति; विमर्श्यार्थ, मितार्थ र शासनहारक नामका तीन दूतमध्ये कुनै एक; सन्देशवाहक; चर।

४. नाटकका नायकको सन्देशवाहक; नायकको एक किसिमको सहायक

५. प्रेमीप्रेमिकाको सन्देश ल्याउने वा लैजाने पात्र

६. यताको कुरा उताउताको कुरा यता लगाई झगडा पार्ने व्यक्ति; छुल्याहा