गृह · शब्दकोश

दूत

[ना.]

१. एक देशबाट अर्का देशमा गएर बसी कूटनीतिक काम गर्ने प्रतिनिधि; राजदूत।

२. कनसुत्लो लागेर गोप्य कुरा फेला पार्ने व्यक्ति; गुप्तचर।

३. खबर वा सन्देश ओहोरदोहोर गर्ने व्यक्ति; विमर्श्यार्थ, मितार्थ र शासनहारक नामका तीन दूतमध्ये कुनै एक; सन्देशवाहक; चर।

४. नाटकका नायकको सन्देशवाहक; नायकको एक किसिमको सहायक।

५. प्रेमीप्रेमिकाको सन्देश ल्याउने वा लैजाने पात्र।

६. यताको कुरा उता र उताको कुरा यता लगाई झगडा पार्ने व्यक्ति; छुल्याहा।

⟵ फेरि सूचीमा जानुहोस्