गृह · शब्दकोश

जुँगा

[ना.]

१. केही भाले वा पोथी पशुहरू (कुकुर, बिराला, बाघ, चितुवा इ.) का थुतुनामाथि उम्रने तिखा काँडे रौँ।

२. धान, मकै, गहुँ आदिमा हुने रौँजस्तो लामो वस्तु।

३. लोग्नेमान्छे उमेरदार भएपछि माथिल्लो ओठ र नाकका बिचको भागमा उम्रने रौँको लहर; जुँघा; जुङा।

⟵ फेरि सूचीमा जानुहोस्