इन्द्रेणी
[ना.]
१. इन्द्रधनुष; घामपानी भएको बेला घामको विपरीत दिशातर्फ देखिने अस्मानी, निलो, हरियो, पहेँलो, रातो, बैजनी र सुन्तला रङ हुने, धनुका आकारको अर्धवृत्त;इन्द्रधनु।
२. वर्षायाममा सूर्यको विपरीत दिशातिर आकाशमा देखिने रङ्गीबिरङ्गी वा सप्तरङ्गी अर्धवृत्त;इन्द्रेनी।