अपिल
[ना.]
१. अड्डाका कर्मचारी उपरको उजुर सुन्ने अधिकारप्राप्त अर्को अड्डा।
२. तल्ला तहको अदालतको निर्णयमा चित्त नबुझ्दा पुनर्विचार गर्न माथिल्लो अदालतमा दिइने निवेदन; पुनरावेदन।
३. स्वीकृति, न्याय वा सहायताका लागि विनयपूर्वक कसैसँग गरिने प्रार्थना; निवेदन।