अनुक्रम
[ना.]
१. कुनै क्रमको अनुसरण गर्ने काम; क्रम; सिलसिला; शृङ्खला; पूर्वापर क्रम।
२. क्रमबद्ध रूपले अगाडि बढ्ने काम।
३. क्रमिक रूपमा एकपछि अर्को हुने वा आउने क्रिया वा भाव।
४. नियमित रूपले चल्ने क्रम वा सिलसिला।
५. विषयवस्तु तथा पाठ्यवस्तुका सङ्गठनमा शृङ्खलाबद्धतागत वा क्रमबद्धतागत विशेषता।