गृह · शब्दकोश

लर्कन

[ना.]

१. एक बिसाउनीदेखि अर्को बिसाउनीसम्मको हिँडाइ; वेग।

२. धान गोड्दा नलले नपाछोस् भनी निगाला वा नर्कटका ढुङ्ग्रा उनेर जालीजस्तो बनाइएको, ज्यामीले नाडीमा लगाउने उपकरण।

३. नेटो वा मोड नआउँदासम्मको सोझो बाटो।

४. लर्कने वस्तु; झोल्लिने चिज (झल्लर, झुम्का आदि)।

⟵ फेरि सूचीमा जानुहोस्