देउकी

[ना.]

१. आजन्म देवताको चेलीका रूपमा समर्पित भएकी नारी; सुदूरपश्चिम नेपालका डोटी, बैतडीतिर प्रचलनअनुसार देउचेलीका रूपमा आजीवन अविवाहित रहने नारी

२. नाग मल्लले भागेश्वर देवतालाई कन्या चढाएपछि सुरु भएको प्रचलनअनुसार देवदेवीका मन्दिरमा देवदासीका रूपमा चढाइने कन्या; देवतालाई चढाएको भनी मन्दिरमा लगेर कन्या चढाउने प्रचलन; यस्ता कन्या यौनशोषणमा परेकाले कानुनी रूपमा हटिसकेको देउकी प्रथा