थारो
[ना.]
कसम।
[वि.]
२. बच्चा जन्माउन असमर्थ (भैँसी, गाई इ.)।
[ना.]
१. खाँबे कटेरोमा फल्याक तेर्स्याएर बनाइएको एक तलामाथिको भाग; टाँड।
२. खेतबारी कुर्न बनाइएको खाँबे कटेरो; टहरो।
३. घरको तलो वा सो तलाको आधारस्वरूप रहेको मुनिको भाग; भुईँतलो।
४. तल वस्तुभाउ बाँध्ने, माथि मान्छे बस्न मिल्ने घर।
५. पालेघर।
[ना.]
१. विवादग्रस्त जमिनको बाली सरकारद्वारा रोक्का गरिएपछि त्यस जमिनमा गाडिएको खाँबो वा दाउरा काट्न निषेध गरी रुखका हाँगामा झुन्ड्याइएको ढुङ्गा।
२. सरकारद्वारा लगाइएको रोक्काको चिह्न; थाती; थुनुवा।
[ना.]