छैटी
[ना.]
१. छैटौँ दिनको रात्रि; भावीले शिशुको भाग्य त्यसै दिन लेख्छ भन्ने मान्यताअनुसार रातभर शिशुका नजिकै बत्ती बालिने कार्य।
२. शिशु जन्मेको छैटौँ दिनको रातमा गरिने उत्सव वा कर्म; त्यसै दिन गरिने षष्टिका देवीको पूजा।
३. सोह्र संस्कारमध्ये नामकरण संस्कार र जातकर्म संस्कारका बिचको एक अतिरिक्त संस्कार।