घुर्रा

[ना.]

१. बिचमा प्वाल पारी धागो वा सानो खिरिलो डोरी छिराएर फनफनी घुमाउँदै र घुरघुर आवाज निकाल्दै खेलिने काठको पाङ्ग्रो

२. मही पार्दा मदानीको सर छिराएर अड्याउने काठको प्वाल भएको चक्का; घुर्रो

३. रोटेपिङमा पिर्का अड्याउने साधन

४. ह्याकुलाको उठेको बाहिरी भाग (प्रायः बस्तुभाउको)।