गृह · शब्दकोश

सन्ध्या

[ना.]

१. अघिल्लो एक घडी र पछिल्लो एक घडी मिली बनेको दिन र रातका बिचको समय; साँझ।

२. दुई युगका बिचको समय; सन्धिकाल।

३. ब्रह्माकी पत्नीको नाम।

४. सन्ध्यादेवीको उपासनामा जपिने मन्त्र; गायत्रीजप; सन्जे।

५. साँझमा उपासना गरिने देवी (प्रातःसन्ध्या, मध्याह्नसन्ध्या र सायंसन्ध्या)।

⟵ फेरि सूचीमा जानुहोस्