अङ्गिरा
[ना.]
१. प्रसिद्ध सात ऋषिहरूको समूह (मरीचि, अत्रि, अङ्गिरा, पुलह, ऋतु, पुलस्त्य र वसिष्ठ) मध्येका एक गोत्रप्रवर्तक ऋषि। अङ्गिरस ऋषिको अर्को नाम; ब्रह्माका मानसपुत्र वा प्रिय शिष्य मानिएका ऋषि।
२. बृहस्पतिका बाबु; सप्तऋषिमध्येका एक ऋषि; अथर्ववेदका सूत्रधार; अङ्गिरस ऋषि।