नामाङ्कन
[ना.]
१. नामको अङ्कन वा लिखित उल्लेख।
२. नामावलीमा नाम चढाउने काम; नामदर्ता।
३. शीर्षक दिनु वा थप्नुपर्ने ठाउँमा सोको दियाइ वा थपाइ।
४. सङ्घ, संस्थाको सदस्यताका निम्ति वा कुनै पदका निम्ति उम्मेदवारका हैसियतले नाम प्रस्तुत गर्ने काम; नाम राख्ने काम।