गृह · शब्दकोश

कोरी

[ना.]

१. बिस ढेप कागतको ठेली।

२. बिसको सङ्ख्यालाई एक एकाइ मानेर गन्ने प्रणालीअनुसार बिसओटा वस्तुको समूह; एक बिस।

[ना.]

ठुलो पात भएको र भेट्नातिर लामो बिँड लगाइएको माटाको काममा प्रयोग हुने हतियार; बेल्चा।

[ना.]

कुष्ठरोगी; महारोगी; कोढी।

[ना.]

तराई मूलका नेपालीको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्