गृह · शब्दकोश
१. कोरीबाटी केही नगरी पाल्नाले रुखिएर लट्टिएको कपाल; झाँक्रो।
२. पराल, खर, बाबियो, सनपाट आदि तृणदार घाँसको जथाभाबी पारिएको गुजुल्टो।
३. योगी तपस्वीहरूको कपाल; जटा।
४. सागपात, गुन्द्रुक आदि झुत्रा हुने वस्तुको गुजमुजिएको लट्टा; जगटा।
⟵ फेरि सूचीमा जानुहोस्