टाँगो
[ना.]
१. जमिन आदि नाप्ने लामो खास परिमाणको लट्ठी; लग्गा; लग्गी।
२. देवीदेवताका ध्वजापताका बाँधिने बाँसको अग्लो भाटो।
३. माछा मार्न टुप्पामा बल्छी अड्काइएको लामो लट्ठी।
[ना.]
फलाम आदि कडा धातुमा प्वाल पार्दा तल ओछ्याइने, बिचमा प्वाल भएको फलाम वा काठ आदिको उपकरण।