गृह · शब्दकोश

टाँगो

[ना.]

१. जमिन आदि नाप्ने लामो खास परिमाणको लट्ठी; लग्गा; लग्गी।

२. देवीदेवताका ध्वजापताका बाँधिने बाँसको अग्लो भाटो।

३. माछा मार्न टुप्पामा बल्छी अड्काइएको लामो लट्ठी।

४. लामो घोचो; घारो।

[ना.]

फलाम आदि कडा धातुमा प्वाल पार्दा तल ओछ्याइने, बिचमा प्वाल भएको फलाम वा काठ आदिको उपकरण।

⟵ फेरि सूचीमा जानुहोस्