अन्नपूर्णा
[ना.]
१. अन्नकी अधिष्ठात्री देवी।
२. कास्की जिल्लामा रहेको एक गाउँपालिका।
३. नेपालको गण्डकी प्रदेशमा रहेको अन्नपूर्णा प्रथम ८, ०९१ मिटर, अन्नपूर्णा द्वितीय ७,९३७ मिटर, अन्नपूर्णा तृतीय ७,५५७ मिटर र अन्नपूर्णा चतुर्थ ७,५२७ मिटर अग्ला हिमशिखर।
४. म्याग्दी जिल्लामा रहेको एक गाउँपालिका।